आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २१ गते आइतबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर ६ तारिक, षष्ठी तिथि, अश्लेषा नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मध्यन्ह १२ः३९ सम्म कर्कट त्यसपछि सिंह राशीमा छन्, सुर्योदय बिहान ०६ः४२ सुर्यास्त साँझ ०५ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पश्चिम, उत्तम समय बिहान ०८ः०१ देखि पूर्वान्ह ११ः५६ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक क्षेत्रमा सक्रियता रहला, ठुला र महत्वपूर्ण काममा विचार पु-याउनु होला, स्वास्थ्यमा समस्या देखिएला ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिन उपयुक्त नभएता पनि यात्राको योग, स्वास्थ्यमा समस्या रहला, व्यर्थको धनमा खति रहने, अशुभ समाचारले बेचैनी बनाउने छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा)समय त्यति भरपर्दो त छैन, व्यापार व्यवसायमा नगन्य सुधार रहला, अनावश्यक धन खर्च गर्नमा ध्यान केन्द्रित रहला ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पठनपाठनमा क्रमिक सुधार, शारिरीक आलश्यता छाउने छ, मान सम्मानमा आच आउला, घाउ चोट पटक लाग्ने सम्भावना छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुटुम्ब, गन्यमान्य, साथीभाइ, इष्टमित्रबाट सहयोग मिल्नेछ, अनावश्यक कुरा मनमा आएपनि धन वस्त्र, पुरस्कार लाभको योग छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)स्वस्थ्य गडवडी नै रहने छ, आटेका कामहरु ढिलो पुरा हुने । धन धर्मबाट शान्ति नै छाउने छ, परिश्रम बढाउदा नै उपयुक्त रहला ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)समय अनुपयुक्त देखिन्छ, परिवारजनको सल्लाह अनुरुप अगाडी बढ्नु, कारोबारमा केही सुधार हुनेछ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) दैनिक व्यापार व्यवसाय वा कारोबारमा सुधार, नोकरिमा पदोन्नति, मिष्ठान्न भोजन तथा शुभ समाचार प्राप्तिको योग छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दिन आफु अनुकुल नरहने, स्वास्थ्यमा समस्या आर्थिक जटिलता भएपनि मावली पक्षबाट सहयोग मिल्ने छ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) केही हद सम्म स्थायीत्वको अनुभुति, नयाँ काम गर्ने जोस जागरमा वृद्धि भएपनि घाउ चोटपटकको योग छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)नसोचेका समस्याले सताउला, मनमा अहम् बोध हुनाले गरिखाने वातावरणमा धमिलो पन, सोचविचारले अगाडी बढ्नु होला ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कामको अवसर मिल्ने, आप्रत्यासित धन प्रप्ति रहला, समाजिक साँस्कृतिक र राज्यपक्षबाट सहयोग मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *