कोरोनाः नेपालमा थप १४७४ जनामा संक्रमण, १९३१ संक्रमणमुक्त, २९ को मृत्यु

पोखरा । नेपालमा थप १४७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६०२ जना महिला र ८७२ जना पुरुष गरी १४७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा मात्र ६१५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै ललितपुरमा १२५ जना, मोरङमा ८२ जना, भक्तपुरमा ६९ जना, सुनसरीमा ५० जना, झापा र दाङमा ४९/४९ जना, चितवनमा ३७ जना, रुपन्देहीमा ३६ जना, काभ्रे र कास्कीमा २९/२९ जना, ताप्लेजुङ, मकवानपुर र सुर्खेतमा २४/२४ जना, गोरखामा १६ जना, धुनषामा १४ जना, सप्तरी, नवलपरासी पूर्व र स्याङजामा १२/१२ जना, उदयपुर, धादिङ, सिन्धुपाल्चोक र म्याग्दीमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

बाँकेमा ८ जना, सिरहा र पाल्पामा ७/७ जना, नुवाकोटमा ६ जना, इलाम, नलवपरासी पश्चिम, दैलेख, सल्यान र बाजुरामा ५/५ जना, धनकुटा, सोलुखुम्बु, शंखुवासभा, सर्लाही, रामेछाप, कपिलवस्तु, प्यूठान, जाजरकोट र अछाममा ४/४ जना, बारा, रौतहट, लमजुङ, गुल्मी र जुम्लामा ३/३ जना, पाँचथर, दोलखा, तनहुँ, अर्घाखाँची र डडेल्धुरामा २/२ जना तथा भोजपुर, महोत्तरी, सिन्धुली, पर्वत, बाग्लुङ, बर्दिया, रोल्पा, रुकुम पश्चिम, कञ्चनपुर र डोटी १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

यस्तै गत २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यो कुल संक्रमितको ९१.९ प्रतिशत हो ।

यसैगरी गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५०८ पुगेको छ ।

हाल देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् । हाल क्वारेन्टीनमा रहनेको संख्या ५३५ रहेको छ ।

गत २४ घण्टामा ९९११ परीक्षणमा भएको छ भने हालसम्म १७ लाख ३७ हजार ७४७ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *