कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत पोखरा १३ की ७८ वर्षीया महिलाको उपचारकै क्रममा सोमबार दिउँसो ०१ः३० बजे मृत्यु भएको हो ।

ती महिलामा आइतबार (हिजो) मात्रै कोरोना पुष्टि भएको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *