गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १२ हजार नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार नाघेको छ ।

सोमबार अहिलेसम्म प्रदेशमा संक्रमित संख्या १२ हजार ५८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

निर्देशनालयको पछिल्लो विज्ञप्ति अनुसार ५ जिल्लाका ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १८ जना, बाग्लुङका ८ जना स्याङ्जाका ५ जना, मुस्ताङका २ जना र तनहुँका एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२ का ३९ वर्षीय पुरुष, वडा नं.६ का ३७ वर्षीय पुरुष तथा ३५ र ४५ वर्षीया महिला, वडा नं.७ का ४४ र ७० वर्षीय पुरुष, वडा नं.८ का ४९ वर्षीय पुरुष, वडा नं.१० का ३२ र ३६ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, वडा नं.११ का ३९ वर्षीय पुरुष, वडा नं.१३ का ५३ वर्षीय पुरुष, वडा नं.१७ का ४८ वर्षीय पुरुष, वडा नं.१८ की ४९ वर्षीया महिला, वडा नं.२५ का ३५ वर्षीय पुरुष, वडा नं.२६ का ३३ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.२८ की २८ वर्षीया महिलामा कोरोना देखिएको छ ।

यस्तै बाग्लुङको पालिका नखुलेका ६१, ४७, ६५, ५२ र ६४ वर्षीय पुरुष तथा ४५, २३ र ६० वर्षीया महिला, स्याङ्जाको वालिङका ५७, २५, ६०, ५६ र २८ वर्षीया महिला, मुस्ताङको पालिका नखुलेका ४७ र ४० वर्षीय पुरुष एवं तनहुँको शुक्लागण्डकी वडा नं.८ की ४३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *