गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार दिउँसो प्रदेशका ६ जिल्लाका ३७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा गोरखाका १२ जना, कास्कीका १० जना, म्याग्दीका ९ जना, नवलपुरका ४ जना तथा मुस्ताङ र तनहुँका एक/एक जना रहेका छन् ।

गोरखाको पालुङटारका १९, ४०–४० १३, ४१ वर्षीय पुरुष तथा ४३ र ६६ वर्षीया महिला, गोरखा अस्पतालका ९०, ८७ र ५० वर्षीय पुरुष तथा ४३ र ४७ वर्षीया महिला, कास्कीको रुपा गाउँपालिकाका २५ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, अन्नपूर्ण गाउँपालिका वडा नं. ३ की २५ वर्षीया महिला, पोखरा महानगरपालिका वडा नं.५ का ७१ वर्षीय पुरुष, वडा नं.९ की ७३ वर्षीया महिला, वडा नं.११ का ३८ वर्षीय पुरुष, वडा नं. १४ की ४६ वर्षीया महिला, वडा नं.१५ की २७ वर्षीया महिला, वडा नं.१७ की ८९ वर्षीया महिला, वडा नखुलेका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ३७, २७, ३०, ३४, २६, ५४ र ४७ वर्षीय पुरुष तथा ३३ र ४५ वर्षीया महिला, नवलपुरको बौदीकाली वडा नं.२ का ४६ वर्षीय पुरुष तथा ३ वर्षीया बालिका सहित २५ र ५३ वर्षीया महिला, मुस्ताङको थासाङकी ३४ वर्षीया महिला एवं तनहुँको भिमाद वडा नं.५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९३९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *