कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत २ संक्रमित पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं. १८ का ५१ वर्षीय पुरुषको आइतबार राति ०९ः४५ बजे उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै मंसिर ११ गते नै कोरोना पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ का ६७ वर्षीय पुरुषको सोमबार बिहान ०२ः१० बजे मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *