गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान प्रदेशका ३ जिल्लाका २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा कास्कीका १७ जना, स्याङ्जाका २ जना र म्याग्दीका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन्।

कास्कीको पोखरा महानगरपालिका वडा नं.५ की ४१ वर्षीया महिला, वडा नं.७ का ५० वर्षीय पुरुष, वडा नं.१० का ४५ वर्षीय पुरुष, वडा नं.११ का २२ वर्षीय पुरुष, वडा नं.१२ की ६१ वर्षीया महिला, वडा नं.१४ का ५८ वर्षीय पुरुष, वडा नं.१५ का १२ र १६ वर्षीय बालक, वडा नं.१६ का ५७ वर्षीय पुरुष, वडा नं.१७ का ३५ र ५९ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, वडा नं.२१ का १८ वर्षीय बालक, वडा नं.२३ का ४७ वर्षीय पुरुष, वडा नं.२६ का २८ वर्षीय पुरुष तथा ८१ वर्षीया महिला र वडा नं. ३२ की ३९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै स्याङ्जाको वालिङ वडा नं. ९ का ३३ वर्षीय पुरुष, पुतलीबजार वडा नं. २ का २२ वर्षीय पुरुष एवं म्याग्दीको पालिका नखुलेका २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *