पोखरामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा । पोखरामा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत २ पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा–१९ का ५७ वर्षीय पुरुषको शनिबार राति ९ः२० बजे उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा ११ का ६० वर्षीय पुरुषको आइतबार बिहान ५ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको छ । ती पुरुष मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *