
-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य
मो.नंं. ९८५६०२०५८६
आजको पञ्चाङ्ग
श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर १४ गते आइतबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर २९ तारिक, चतुर्दशी तिथि, कृतिका नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मेष राशीमा छन्, सुर्योदय बिहान ०६ः३७ सुर्यास्त साँझ ०५ः०६ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पूर्व उत्तम समय बिहान ०७ः५७ देखि ११ः५३ सम्म रहनेछ ।
आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय उपयुक्त देखिन्न, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आफन्त भनिएका व्यक्तिसँग झमेला, मन चञ्चल अशान्ति, भएता पनि दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) शत्रु बढ्ने खालको समय छ, कामले विस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)समय मध्यम नै देखिन्छ, खर्च गरे अनुसारको प्रतिफल आउने छैन, काममा ढिला सुस्ती भए तापनि शत्रु माथि विजय हुनेछ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा गडवडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने झमेला बढ्ने छ, अशुभ समाचार प्राप्ती रहनेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काममा ढिला सुस्ती हुनेछ, सामाजिक कार्यबाट अपजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ, छोराछोरीसँग विवाद राज्यपक्षबाट असहयोग हुने समय छ ।
