
-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य
मो.नंं. ९८५६०२०५८६
आजको पञ्चाङ्ग
श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर १३ गते शनिबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर २८ तारिक, त्रयोदशी तिथि, भरणी नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मेष राशीमा छन्, सुर्योदय बिहान ०६ः३६ सुर्यास्त साँझ ०५ः०६ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पूर्व उत्तम समय पूर्वान्ह ११ः३२ देखि मध्यान्ह १२ः१३ सम्म रहनेछ ।
आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका कामबाट उचित प्रतिफल मिल्नेछ, मान सम्मान, प्रतिष्ठामा वृृद्धि हुनेछ भने पारिवारिक शुख शान्ति मिल्ने देखिन्छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समय त्यति उपयुक्त देखिदैन, दैनिक कार्यमा बाधा, अनावश्यक धन खर्च तथा आँखामा समस्या रहला ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) दैनिक व्यापार व्यवसायमा सफलता देखिन्छ, स्वास्थ्यमा सुधार तथा शुभ समाचार प्राप्तिले मान हर्षित रहनेछ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अधुरा अपुरा कार्यहरु सरल तरिकाले बन्नेछन् व्यापार व्यवसायमा लाभ रहने छ, शुभ यात्राको योग देखिन्छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)कारोबारमा समस्या रहनेछ, सोचे जस्तो हुनेछैन, काममा जाश नमिल्दा मनमा खिन्नता छाउने छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापार व्यवसायबाट नगन्य लाभ हुनेछ, काममा अवरोध तथा विश्वासिलो पात्र बाट धोका हुन सक्छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)व्यापार व्यवसायमा उचित लाभ हुनेछ, आम्दानीका स्रोतहरु बढ्नेछन्, विदेश यात्राको योग देखिन्छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) स्वास्थ्यमा समस्या रहन सक्छ, साना घाउ चोट भयको योग देखिन्छ, मानसिक अशान्तिले सताउनेछ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भ्रममा पर्ने खालको समय छ, विवाद र झमेलाले अत्यायता पनि पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय प्रतिफल देखिन्छ, काममा अब्जस, आम्दानी भन्दा खर्च, पारिवारिक झमेला र रमाइलोमा मन जानेछ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धन, धर्म र भाग्यले साथ दिने समय छ, अधुरा काम बन्नेछन्, नयाँ सोचको उदय तथा व्यपारमा लाभ हुनेछ ।
