आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर ११ गते बिहीबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर २६ तारिक, द्वादशी तिथि, रेवती नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मीन राशीमा छन्, सुर्योदय बिहान ०६ः३५ सुर्यास्त साँझ ०५ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पश्चिम उत्तम समय बिहान १०ः३३ देखि दिउँसो ०१ः११ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय प्रतिकुल देखिन्छ, नयाँ कामबाट लाभ मिल्ने, व्यापार व्यवसायमा सुधार, आदार सत्कार बढ्नेछ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसिक समस्याले सताउने, दुर्घटना वा चोटपटक लाग्न सक्छ, काम गर्ने जोस जागर घट्ने छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) मान सम्मानको योग, मन प्रफुल्ल रहने, नयाँ कार्यको सुरुवात, आर्थिक सुधार हुनेछ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन चञ्चल रहनका साथै नयाँ ठाउँको यात्रा हुने, नयाँ सस्कार, आदार सत्कार मिल्नेछ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)दिन मध्यम छ । वस्त्रादिको लाभ हुने, नोकरीमा पदोन्नती हुने, पारिवारिक सहयोग मिल्ने छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) विपक्षीहरुको हार, यस कृति बढ्नेछ भने घरमा सुभारम्भिक चलहपहल बढ्नेछ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्त्रीहरुबाट सहयोग, उद्योगधन्दामा मन जानेछ, आर्थिक कारोबारमा वृद्धि तथा मान प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) स्वास्थ्यमा गडबढी भई दैनिक कार्यमा बाधा, चोटपटकको सम्भावना, यात्रामा सावधानी पु-याउनु होला ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अन्यौलतामा काम हुनेछ, गरेका कार्यबाट सामान्य लाभ, खर्चको मात्रा बढ्नेछ, भाग्यले कम साथ दिनेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा सुधार, आटेका कामहरु अपुरा, काममा बाधा हुनेछ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विपरित लिङ्गीबाट सहयोग मिल्दा लाभ बढ्नेछ, कुटुम्बको सहयोग, शुभ समाचारले मन प्रसन्न रहला ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रयत्न नगरी काम बन्ने छैन, खर्च कम गरेर काम गर्नुपर्ने देखिन्छ, व्यापार व्यवसायमा नगन्य लाभ हुनेछ, मित्रबाट विश्वास घात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *