आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर १० गते बुधबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर २५ तारिक, एकादशी तिथि, उत्तरभाद्र नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मीन राशीमा छन्, सुर्योदय बिहान ०६ः३४ सुर्यास्त साँझ ०५ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पश्चिम उत्तम समय बिहान १०ः३३ देखि ११ः५२ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय अनुकुल हुनेछ, दैनिक कार्यहरुमा लाभ, कारोबारमा सुधार तथा गन्यमान्यको सहयोग मिल्ने छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)पठन पाठन कार्यमा समस्या रहन सक्छ, व्यापार व्यवसायमा सफलता मिल्नेछ कुटुम्बजनबाट धोका रहन सक्छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ कार्य थालनिको समय छ, गन्यमान्यको सहयोगले हौसला बड्नेछ, आरोग्यताका कार्य सफल, प्रेममा उल्लेखनिय प्रगति होला ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कारोबारमा केही लाभदायक छ, स्वास्थ्यमा सुधार, नयाँ ठाउँको यात्रा तथा मनमस्तिष्कमा केही लाभदायक छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)अध्ययन अध्यापनमा क्रमिक सुधार हुनेछ, व्यवसायबाट लाभ प्राप्ति रहला, शुभ समाचार प्राप्तिको योग छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) शत्रुबाट सजक रहनुपर्ने समय छ, स्वास्थ्यमा समस्या थपिने देखिन्छ, सानो तिनो चोटपटक भयको योग छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा व्यावसायमा सफल्ता मिल्नेछ,उपहार वा चिठ्ठा पर्ने सम्भावना छ, नयाँ कार्यको थालनी गर्ने समय छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समय खराब छ, सजक भएर दिन चर्यामा लाग्नु वेश हुनेछ, स्वास्थ्य, व्यपार, व्यवसायमा समस्या रहला ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादविवाद अर्थात झमेलामा फस्ने खालको दिन छ, कम बोल्दा उपयुक्त हुनेछ, कारोबारमा क्रमिक सुधार रहला ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ कार्यको थालनी गर्ने खालको समय छ, पठनपाठनमा सफल्ता मिल्नेछ, व्यापार व्यवसायमा लाभ हुने देखिन्छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीको मार्ग खुल्नेछ, धार्मिक समाजिक कार्यमा सफलता मिल्नेछ, आफन्तजनको सहयोग बड्ने देखिन्छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अप्रत्यासित खर्च बढ्नेछ, विवाद वा झमेलामा फस्ने खालको दिन देखिन्छ, कारोबारमा सजकता अपनाउनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *