नेपालमा थप १६७४ जनामा कोरोना पुष्टि, २३२३ संक्रमणमुक्त

पोखरा । नेपालमा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ६८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरका १६५ जना, कास्कीका ७५ जना, चितवनका ६१ जना, झापा र रुपन्देहीका ५७/५७ जना, काभ्रेका ५६ जना, भक्तपुरका ४९ जना, तनहुँका ४४ जना, कैलालीका ४० जना, बाँकेका ३९ जना, कपिलवस्तु र नवलपरासीका ३३/३३ जना, नवलपुरका २८ जना, मकवानपुरका २५ जना, पाल्पाका १९ जना, धादिङका १८ जना, बर्दियाका १७ जना, धनुषाका ११ जना र दाङका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

गोरखाका ९ जना, नुवाकोटका ८ जना, धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७/७ जना, पर्वत, डडेलधुरा र बझाङका ६/६ जना, सुनसरी, बारा र लमजुङका ५/५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४/४ जना, महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३/३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २/२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट १३०५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ७ जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८१४४ परिक्षण भएको छ । हालसम्म देशभर १६ लाख ५२ हजार ४३ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल क्वारेन्टीनमा रहनेको संख्या ७५७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *