पोखरामा उपचाररत थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा । पोखरामा उपचाररत थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्की र पर्वतका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका–१३ का ७९ वर्षीय पुरुषको मंसिर ५ गते राति ११.३० बजे मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा सुगर, प्रेसरलगायतको समस्या समेत रहेको थियो ।

त्यस्तै सोही केन्द्रमा उपचाररत पर्वत जिल्ला मोदी गाउँपालिका–६ का ६१ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान १०ः१० बजे मृत्यु भएको छ । प्रेसर रोगबाट समेत ग्रसित ती पुरुषमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *