गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार दिउँसो प्रदेशमा ६ वटा जिल्लाका ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ४४ जना, तनहुँका ५ जना, स्याङ्जाका ३ जना, म्याग्दी र पर्वतका २/२ जना तथा नवलपुरका १ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ६८ वर्षीय पुरुष तथा ५३ वर्षीया महिला, वडा नं. २ का ३४ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं. ३ का १७ वर्षीय पुरुष तथा २० र ४२-४२ वर्षीया महिला, वडा नं.४ का २५ र २७ वर्षीय पुरुष, वडा नं. ५ का ३५ वर्षीय पुरुष, वडा नं. ६ का ४५ वर्षीय पुरुष, वडा नं. ७ का ५७ वर्षीय पुरुष, वडा नं. ८ का ५० वर्षीय पुरुष तथा ३१ वर्षीया महिला, वडा नं. ९ का ४० वर्षीय पुरुष, वडा नं. १० का ५५, ३० र ४८-४८ वर्षीय पुरुष तथा ६१ वर्षीया महिला, वडा नं. ११ का ४५, ५३, ३०, ३१ र ६० वर्षीय पुरुष, वडा नं. १२ का ४२ वर्षीय पुरुष, वडा नं. १३ का ३७ वर्षीय पुरुष तथा २७, ७३ र ८४ वर्षीया महिला, वडा नं. १४ का ६७ वर्षीय पुरुष, वडा नं. १५ का ६८ वर्षीय पुरुष तथा ७४ वर्षीया महिला, वडा नं. १७ का ९१ र ६५ वर्षीय पुरुष, वडा नं. १९ का ४८ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं. २१ का २४ वर्षीय पुरुष, वडा नं. २६ की ६२ वर्षीया महिला, वडा नं. २७ का ५५ वर्षीय पुरुष, वडा नं. ३१ का ७३ र ४६ वर्षीय पुरुष तथा वडा नं. ३३ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकीकी ४१ वर्षीया महिला, व्यास वडा नं. १ की २१ वर्षीया महिला, वडा नं. २ की ६३ वर्षीया महिला, वडा नं. ८ का ६६ वर्षीय पुरुष, वडा नं. ९ का ६० वर्षीय पुरुष, स्याङ्जाको भिरकोट वडा नं. ३ का ६१ वर्षीय पुरुष, वालिङ वडा नं.३ की ६८ वर्षीया महिला, पुतलीबजार वडा नं. २ की ३३ वर्षीया महिला, म्याग्दी बेनीकी ४५ वर्षीया महिला, पालिका नखुलेका ४७ वर्षीय पुरुष, पर्वतको कुश्मा वडा नं. ४ का ३७ वर्षीय पुरुष, वडा नं. ६ का ६१ वर्षीय पुरुष, एवं नवलपुरको विनयत्रीवेणी वडा नं. १ की २४ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *