गण्डकी प्रदेशमा ५२ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार बिहान प्रदेशमा ६ वटा जिल्लाका ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा तनहुँका १९ जना, कास्कीका १२ जना, नवलपुरका ११ जना, लमजुङका ५ जना, बाग्लुङका ४ जना र स्याङ्जाका १ जना रहेका छन् ।

पोखराको फेवासिटी अस्पतालमा उपचाररत तनहुँकी २३ वर्षीया महिला, तनहुँको भिमाद वडा नं.४ का १९ वर्षीय पुरुष, वडा नं.५ की २९ वर्षीया महिला, वडा नं.६ की ४९ वर्षीया महिला, वडा नं.७ का ५१ र ३८ वर्षीय पुरुष तथा १९ र ३५ वर्षीया महिला, घिरिङ वडा नं.१ का ७१, ३५ र ५६ वर्षीय पुरुष तथा २१ र ६५ वर्षीया महिला, वडा नं.३ का ४० र ५६ वर्षीय पुरुष, व्यास वडा नं.१ का २० र ५२ वर्षीय पुरुष तथा ४९ वर्षीया महिला, वडा नं.४ का ३७ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नं.२ की ४५ वर्षीया महिला, वडा नं.८ का ८२ वर्षीय पुरुष तथा २१ र १९ वर्षीया महिला, वडा नं.१४ का ५० र ४५ वर्षीय पुरुष तथा ३२ र ३७ वर्षीया महिला, वडा नं.१७ का २१ वर्षीय पुरुष तथा १७, २० र २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरको देवचुली वडा नं. १२ का ४९ वर्षीय पुरुष, वडा नं.१७ का ५१ वर्षीय पुरुष, गैंडाकोट वडा नं.१२ का १४ वर्षीय बालक, कावासोती वडा नं.१ की ५४ वर्षीया महिला, वडा नं.२ का ८६ वर्षीय पुरुष, वडा नं.७ की ३८ वर्षीया महिला, वडा नं.८ का ४२ र ४४ वर्षीय पुरुष तथा ३१ वर्षीया महिला, वडा नं.१६ का ५४ वर्षीय पुरुष, मध्यविन्दु वडा नं.१५ का ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यता लमजुङ मस्र्याङ्दीकी २४ वर्षीया महिला, मध्यनेपाल वडा नं. ४ का २७ वर्षीय पुरुष, सुन्दरबजारका ४३ र ५३ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.२ का २० र २६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं.३ का ६४ वर्षीय पुरुष एवं स्याङ्जा गल्याङ वडा नं.३ की ३२ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८७९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *