गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत तनहुँको भिमाद नगरपालका ५ का ६६ वर्षीय पुरुषको शुक्रबार दिउँसो २ः२० बजे मृत्यु भएको हो ।

ती पुरुषमा कार्तिक २८ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *