नेपालमा थप १९४५ जनामा कोरोना पुष्टि, ५३६४ संक्रमणमुक्त

पोखरा । नेपालमा थप १९४५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँका ८६२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ललितपुरका १७४ जना, कास्कीका ८८ जना, चितवनका ८७, भक्तपुरका ७१ जना, रुपन्देहीका ६० जना, सुनसरीका ५५ जना, काभ्रेका ५४ जना, दाङका ५१ जना, संखुवासभाका ३४ जना, झापाका ३३ जना, धनुषा र कैलालीका २४/२४ जना, मोरङका २० जना, नवलपरासी र दार्चुलाका १९/१९ जना, सिराहा र दोलखाका १७/१७ जना, पाल्पाका १५ जना, धादिङ र नवलपुरका १४/१४ जना र नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका ९ जना, मकवानपुर र बाँकेका ८/८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६/६ जना, बाग्लुङ र डडेलधुराका ५/५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४/४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३/३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २/२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १/१ जनामा संक्रमण देखिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा मात्र ५ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १२९८ पुगेको छ ।

२४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण भएको छ । हालसम्म १६ लाख ४३ हजार ८९९ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ हजार ६६५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् । ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल क्वारेन्टीनमा रहनेको संख्या ७५३ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *