गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ५० जना, तनहुँका ४ जना, स्याङ्जाका २ जना र पर्वतका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित मध्य ४९ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् ।

पोखरा वडा नं. १ का ४७ र ६२ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नं.२ का २२, २४, ३२, ४८ र ४२ वर्षीय पुरुष, वडा नं. ३ की ५४ वर्षीया महिला, वडा नं.४ का ३५ र ८३ वर्षीया महिला तथा ४१ वर्षीय पुरुष, वडा नं.५ का ४५, ७२ र ८१ वर्षीय पुरुष तथा ६० वर्षीया महिला, वडा नं.६ का २० वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, वडा नं.७ की ५५ वर्षीया महिला, वडा नं.८ का ४५ र ३७ वर्षीय पुरुष, वडा नं.९ का ४० वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, वडा नं.१० का १० वर्षीय बालक सहित ५६, ३४, ५४ र १९ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.१२ का २६ वर्षीय पुरुष, वडा नं.१३ का ६३ र ४० वर्षीय पुरुष तथा ५७ वर्षीया महिला, वडा नं.१४ का १७, ६६ र ३६ वर्षीय पुरुष तथा ६६ वर्षीया महिला, वडा नं.१७ का ४९, २६ र २९ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, वडा नं.१८ का ६० वर्षीय पुरुष, वडा नं.१९ का २८ र ६५ वर्षीया महिला, वडा नं.२५ का ४३ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं. ३० का ३२ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं. ३२ की ३२ वर्षीया महिला र रुपा गाउँपालिका वडा नं. १ का २१ वर्षीय पुरुष रहेका छन् ।

यस्तै तनहुँको व्यास वडा नं.१ का २४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, शुक्लागण्डकी वडा नं. ५ की २७ वर्षीया महिला, म्याग्दे वडा नं. ४ का ३२ वर्षीय पुरुष, स्याङ्जाको बिरुवा वडा नं. १ का ४७ वर्षीय पुरुष, वडा नं.२ का ४४ वर्षीय पुरुष एवं पर्वत कुश्मा वडा नं.८ का ४६ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ७९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *