कास्कीका ६ र तनहुँका थप १ कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ६ र तनहुँका १ जना संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषकोे बिहिबार बेलुका ११ बजे मृत्यु भएको छ । मंसिर ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र मधुमेहको समस्या थियो ।

कास्की पोखरा २१ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार बेलुका ११ः२० बजे प्रतिष्ठानमा निधन भएको हो । ती पुरुषमा कोरोनासँगै निमोनियाको समस्या थियो ।

पोखरा १७ का २९ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान साढे १२ बजे प्रतिष्ठानमै मृत्यु भएको हो । कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका ती पुरुषमा पनि कोरोनासँगै निमोनियाको समस्या थियो ।

यस्तै सोही प्रतिष्ठानमा उपचाररत पोखरा १३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ४ः१५ बजे मृत्यु भएको हो । उनमा निमोनिया, मधुमेह र मृगौलाको समस्या थियो ।

यसैगरी पोखरा २७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनकोे बिहिबार राति १ः४० बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । कात्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

सोही अस्पतालमा उपचाररत पोखरा–८ का ५४ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ । कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मृगौलाको समस्या थियो ।

त्यस्तै सोही अस्पतालमा उपचाररत अर्का संक्रमित तनहुँ म्याग्दे ४ का ५१ वर्षीय पुरुषको पनि आज बिहान साढे ९ बजे मृत्यु भएको छ । मृतकमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *