आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर ६ गते शनिबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर २१ तारिक, सप्तमी तिथि, श्रवण नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मकर राशीमा छन्, सुर्योदय बिहान ०६ः३१ सुर्यास्त साँझ ०५ः०८ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा दक्षिण र पूर्व उत्तम समय बिहान ११ः२९ देखि मध्यान्ह १२ः१२ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रजन आफन्तजन तथा सन्तान पक्षबाट सहयोग मिल्नेछ, कारोबारमा केही सुधार हुनेछ, शुभ समाचार तथा कुराको संकेत देखिन्छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक सामाजिक र सांस्कृतकि कार्यमा सक्रियता रहला, सन्तान पक्षबाट झमेला, मन अध्ययन र दर्शनतर्फ आकर्षित रहला।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यक्तिगत दृष्टिकोणमा आच आउनेछ, कारोबारमा घाटा हुने सम्भावना बढेर गएको छ, आफन्त जनबाट धोका रहला ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रस रङ्गमा मान बढिनै ढल्कनेछ, यात्राको समयसँगसँगै नयाँ ठाउँको अवलोकनले मन प्रसन्न, विपरित लिङ्गीबाट सहयोग मिल्नेछ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा एक्कासी समस्यादेख पर्नेछ, वादविवाद, झैझगडामा फस्नेखालको दिन छ, नयाँ कर्यको थालनी नगर्दा वेश ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) विद्यार्थीका लागि आफूले आफ्नो क्षमता प्रदर्शन तथा स्यावासी पाउने दिन छ, धर्मकर्ममा मन जानेछ, राज्य पक्षबाट लाभ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्ने जोश जागरमा वृद्धि हुनेछ, परिवारजनबाट सहयोग आफन्तजनबाट सद्भाव मिल्नेछ, शुभ समाचार प्राप्ति रहला ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समय उपयुक्त उत्तम देखिन्छ, रोकिएर रहेका काम बन्नेछन्, स्वास्थ्यमा सुधार तथा शुभ यात्राको योग लाभदायक छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) झमेलामा फस्ने खालको दिन छ, बादविवादमा अग्रसर नहुनु, धन नाश अर्थात अनावश्यक खर्चले मनमा अशान्ति छाउनेछ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अर्थपूर्ण यात्रा हुनेछ, नयाँ प्रयास अनुकुल हुने समय छ, दैनिककार्यहरु लाभदायक देखिन्छन्, शुभ समाचारले मन प्रफुल्ल रहला ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मान प्रतिष्ठा र सामाजिक मर्यादामा आँच अउन सक्छ, झमेला वा वादविवादमा फस्नेखालको दिन छ कम बोल्नुहोला ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परोपकार तथा धार्मिक क्षेत्रमा लाग्ने खालको दिन छ, आरोग्यता बढाउदा काम बन्नेछ, मित्रजनको सहयोगले लाभ मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *