आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर ५ गते शुक्रबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर २० तारिक, षष्ठी तिथि, उत्तरषाढा नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मकर राशीमा छन्, सुर्योदय बिहान ०६ः३० सुर्यास्त साँझ ०५ः०८ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा दक्षिण र पूर्व उत्तम समय बिहान ०६ः३१ देखि १०ः३१ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पठन पाठन कार्यमा केही मात्रामा सुधार हुनेछ, व्यपारव्यवसायमा नगन्य लाभ भने प्रेममा तिक्तता आउने छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दानकर्ममा लाग्दा शान्ति मिल्नेछ, मिष्ठान्न भोजनको योग छ अध्ययनमा रुचि घट्नेछ, पेशा व्यवसायमा तिक्तताको सम्भावना छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) खराब समय छ, अचानक स्वास्थ्यमा गडबढी हुनेछ, शत्रुजनको विजयले मनमा खिन्नता बोध होा सजक भएर कार्य गर्नु, ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छलफल, वादविवाद र झैझगडामा तपाईको जित हुनेछ, दाम्पत्य जीवनमा नयापनको अनुभूति, प्रेमि प्रेमिकाको मिलन हुनेछ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानातिना दुर्घटना वा भयको योग छ, सजक सबल हुनुहोला, व्यपार व्यवसायमा लाभ कम हुनेछ, अप्रिय समाचार प्राप्ति रहला

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कुनै भौतिक सुविधाको दीर्घकालिन जोहो हुने सम्भावना, नयाँ कार्यको थालनी सफल, भाग्यको उदय हुने समय छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अधुरा अपुरा काम बन्ने दिन छ, प्रेम सम्बन्धमा मिलन हुनेछ, व्यापार व्यवसायमा लाभ भएतापनि मन चञ्चल रहने छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) चिताएको काम पुरा हुनेछ, साथीभाईसँग भेटघाट तथा मनोरञ्जन कार्यमा सक्रिय रहे पनि परिवारजनमा सामान्य सन्तोष रहला।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सुसफल खालको दिन छ, भाइबहिनी वा सन्ततीका तर्फबाट खुसीको खबर मिल्नेछ, मानसिक तनाव तथा खर्च बढेर जानेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धन धर्म र भाग्यको उदय हुने खालको दिन छ, कारोबारमा लाभ हुनेछ, अधुरा अपुरा काम सबै बन्नेछन् ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कडा परिश्रम व्यर्थे खेर जान सक्छ, हाकिम, आफन्तसँग बादविवाद हुन सक्छ, अचानक स्वास्थ्यमा गडबड हुने सम्भावना छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा सफलता मिल्नेछ, आर्थिक लाभ तथा मान सम्मान प्राप्तिको योग छ, शुभ समाचार प्राप्ति रहला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *