आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर ४ गते बिहीबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर १९ तारिक, पञ्चमी तिथि, पूर्वषाढा नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा धनु राशीमा छन्, सुर्योदय बिहान ०६ः२९ सुर्यास्त साँझ ०५ः०८ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पूर्व उत्तम समय बिहान १०ः३० देखि दिउँसो ०१ः१० सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पठनपाठनमा आलस्यता, आम्दानी भन्दा खर्च बढ्ने ,व्यापार नगन्य लाभ रहला ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काममा हात नहाल्न वेश, अनावश्यक खर्च ,अशुभ समाचार प्राप्ति रहला ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानीका मार्ग खुल्ने, विपरीत लिङ्गीबाट साथ व्यापार व्यवसायमा लाभ होला ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विवाद झमेला, स्वास्थ्यमा गडवड, व्यापार व्यवसायमा नगन्य लाभ मिल्नेछ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अवसरहरु मिल्ने उपभोगमा समस्या, कार्यमा नगन्य सिद्धि अनावश्यक भ्रमण होला ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) पारिवारिक झमेला, काम बन्ने, कारोबारमा सजक, मन चञ्चल तथा अशान्ति हुनेछ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानीका स्रोतहरु खुल्नेछ, धन प्राप्ति योग, व्यापार व्वसायमा फाइदा हुनेछ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) काममा ढिला सुस्ती, मेहनतको फल प्राप्त नहुने, कम बोल्नु उपयुक्त रहला ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अधुरा कार्यहरु बन्नेछन्, खर्चमा कमी आउने छ भने व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्चहरु बढ्नेछन्, व्यापार व्यवसायमा गिरावट, विवादमा फस्ने योग छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कारोबारमा सोचे जस्तो, मित्रजन, आफन्तजनबाट सहयोग सद्भाव मिल्नेछ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काममा अब्जस मिलेता पनि समस्याहरु समाधान भने हुनेछ , शुभ यात्रा ,शुभ समाचार प्रप्तिको योग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *