आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर ३ गते बुधबार तदनुसार इवी सम्वत २०२० नोवेम्बर १८ तारिक, चतुर्थी तिथि, मूल नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा धनु राशीमा छन्, सुर्योदय बिहान ०६ः२८ सुर्यास्त साँझ ०५ः०८ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पूर्व उत्तम समय बिहान १०ः३० देखि ११ः५० सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामले विस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला, शत्रु बढ्ने खालको समय छ, सम्यमित रहनुहोला ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शत्रु माथि विजय हुनेछ, समय मध्यम नै देखिन्छ, खर्च गरे अनुसारको प्रतिफल आउने छैन, काममा ढिला सुस्ती हुनेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) मनमा शान्ति छाउनेछ, व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अशुभ समाचा प्राप्ती, स्वास्थ्यमा गडवडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने झमेला बढ्ने छ, शत्रु बढ्नेछ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय त्यति राम्रो छैन, काममा ढिला सुस्ती हुनेछ, सामाजिक कार्यबाट अवजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय राम्रो छैन, नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ, छोराछोरीसँग विवाद, राज्यपक्षबाट असहयोग हुने समय छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आजको समय उपयुक्त छ, आम्दानीका स्रोत बढ्नेछन्, यात्राको समय छ, काममा जश तथा शुभ समाचार प्राप्ती रहला ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समय राम्रो छैन, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय उपयुक्त छ, स्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय त्यति राम्रो छैन, मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो छ, आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्यम छ, आफन्त भनिएका व्यक्तिसँग झमेला, मन चञ्चल अशान्ति, भएता पनि दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *