काठमाडौं, २२ मंसिर । ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा शनिबार मध्यरातमा सम्पन्न फिनालेबाट उनी दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन्।
अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् ।
योसँगै उनले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्। कोच प्रमोदको टिमबाट झापाका राम विजयी भएका हुन् ।
‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र दीप श्रेष्ठको टिमबाट विकास लिम्बु पुगेका थिए । उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् ।