मुक्तक मञ्च, पोखराको विशेष साधरण सभा सम्पन्न

पोखरा । मुक्तक मञ्च, पोखराको विशेष साधरण सभा तथा विशेष मुक्तक वाचन शनिबार पोखरामा सम्पन्न भएको छ ।

मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल नाराका साथ २०६५ सालमा स्थापना भएको मञ्चले १५३ औँ मुक्तक वाचनमा पोख्रेली साहित्यकारहरुको विचमा मुक्तककारद्धय कपिल शर्मा र उदिपराज ढुङ्गाना उभायो । विषेश मुक्तक वाचक शर्मा र ढुङ्गानाले समसामयि विषय बस्तुमाथी ब्याङ्ग प्रहार गरिएका, राष्ट्रप्रेमले भरिएका र रोमान्टिक गरि दुई दर्जन बढि मुक्तक सुनाए ।

छ दर्जन साहित्यकारहरुको उपस्थितीमा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य तथा साहित्कार सरस्वती श्रेष्ठ सरु, सल्लाहकार दीपक समिप र अल्पविराले पनि मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सल्लाहकार लक्ष्मण थापा ,परिवर्तन ,मन क्षत्री र विपिन आचार्य, साहित्यिकार इश्वरमणी अधिकारी, डा। भुमिराज वास्तकोटी ,कृष्ण मरासिनी ,बिर्सना बस्नेत, शिवदत्त रेग्मी तथा साहित्य श्रृङ्खला अध्यक्ष लोकनाथ पुडासैनी, दीपशिखा साहित्य सङ्गम ,आलोक साहित्य ,प्रगतिशील वाङ्मय प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसै विच मञ्चको विधान संसोधनार्थ विषेश साधरण सभा सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यले नेपाली साहित्यको चर्चित विधा मुक्तक भएको भन्दै यसको उत्थान र विकासको लागि पाठ्यक्रममा मुक्तक अभियान संचालन गरिएको बताए । आचार्यले विशेष साधारण सभामा जिल्ला जिल्लामा मञ्चको शाखा विस्तार गर्ने प्रस्ताव गरेकोमा पुर्ण बहुमतले पारित गरेको सह सचिव हिरा अधिकारीले जानकारी दिईन् । अब मुक्तक मञ्चले देशभरी शाखा विस्तार गर्न पाउने भएको छ ।

मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षता, कोषाध्यक्ष केआर ढकालको स्वागत मन्तव्य र लेखक तथा पत्रकार प्रकाश अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *