पोखरा । मुक्तकको क्षेत्रमा क्रियाशील सस्था मुक्तक मञ्च केन्द्रिय कार्यालय पोखराले विशेष कार्यक्रमका विच पाल्पाको रामपुरमा आफ्नो शाखा बिस्तार गरेको छ ।
मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल उद्दधोषलाई आत्मा साथ गर्दै वि.स.२०६५ सालमा स्थापित मुक्तक मञ्चले ‘मुक्तकमा देखिएका अन्यौलहरुलाई चिर्दै विधागत विकासका लागि स्थापनाकालदेखि हालसम्म महत्वपूर्ण कार्य गर्दै आएको सर्वविदितै छ ।’
हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन कार्यक्रम, नियमित मुक्तक कार्यशाला, संयुक्त मुक्तक सङ्गह एवं ११ जना भन्दा वढि मुक्तककारका मुक्तक सङ्गह प्रकाशन, बिशेष मुक्तक वाचन कार्यक्रममा, राष्ट्रिय मुक्तक प्रतिभा पुरस्कार वितरण, मुक्तकको सैद्धान्तिक रचना विषयक अन्तरक्रिया तथा गोष्ठी, पाठ्यक्रम मुक्तक समावेश अभियान, शतक मुक्तक वचन श्रृखला र मुक्तक महोत्सव– २०७४ जस्ता कार्यक्रम सम्पन्न गरिसकेको यस सस्थाले पछिल्लो समय शासा बिस्तार गर्ने निति लिएको थियो । यसै क्रममा पाल्पा जिल्लाका जुजारुक मुक्तककारहरुले स्वप्निल निरवको अध्यक्षतामा मुक्तक मञ्च रामपुर शाखा निर्माण भएको छ ।
जसमा उपाध्यक्ष समिर पौडेल ’विलासी’, सचिव नारायण समर्पण, कोषाध्यक्ष सन्तोष श्रेष्ठ, सह–सचिव गोविन्द भट्टराई, सदस्यहरुमा सबु आरोही, उत्तम अधिकारी, गणेश ढकाल, विष्णु पौडेल क्षेत्रि, दिवस भण्डारी, प्रदिप पाण्डे निर्वाचन भएका छन् ।
मुक्तकको वृद्धि र विकसा एवं संरक्षण तथा प्रवर्द्धनमा रामपुर शासाले महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा विश्वस्त रहेको यसै सस्थाका केन्द्रिय अध्यक्ष रामजी प्रसाद आचार्यले जानकारी दिएका छन् ।
