काठमाडाैँ, १ चैत । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।
च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा आज भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् । विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका थिए । कमेडी च्याम्पियनको विजेता पन्तले २५ लाख नगद र कार प्राप्त गरकेा छन् ।
विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’काे ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए ।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।
