पोखरा । गजल सन्ध्या पोखराको २ सय १३ औं नियमित गजल वाचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । सन्ध्याले प्रत्येक महिनाको दोस्रो शनिबार गर्दै आएको नियमित गजल वाचनको चैत सृङ्खलामा दुई दर्जन बढी गजल वाचन भएको छ ।
‘गजल उत्थान हाम्रो अभियान’ भन्ने मुल नाराका गजल सन्ध्याले गजल उत्थान र विकासका लागि नियमित गजल वाचनको सृङ्खला गर्दै आएको सन्ध्याले जनाएको छ । नियमित गजल वाचन नयाँ तथा पुराना गजलकारलाई जोड्ने र गजलको अघोषित पाठशालाको रुपमा विकास हुदै आएको सन्ध्याका अध्यक्ष मोहन भण्डारीले बताए ।

मुक्तक मञ्च केन्द्रिय समितिका अध्यक्ष रामजी प्रसाद आचार्य, लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष अल्पविराम त्यस्तै वाचनमा रेशम अधिकारी, निकेश गिरी, वसन्त विनोद, सावित्री गिरी, केशव ज्ञवाली, रामकुमार श्रेष्ठ फुच्चे, आदर्श सुशिल, विक्रम ढकाल, विकास गौतम, सुवास पौडेल, प्राञ्जल, विष्णु बास्तोला, रुपिन्द्र प्रभावि, लक्ष्मी थापा, दीपक समिप र लक्ष्मण थापा लगायतले रचना वाचन गरेका थिए ।
सन्ध्याका मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन त्रुपकले गरेका थिए । गजल सन्ध्या तथा नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको ‘अक्षयात्रा’ कार्यक्रमको ठाउँ पछि जनकारी गराउने उपाध्यक्ष वसन्त विनोदले बताएका छन् ।