आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाइँदै

पोखरा । आज फाल्गुन १५ । ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस । देश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएको हो ।

नेपाल मगर सङ्घका अनुसार दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्नेछ ।

कार्यक्रममा परम्परागत भेषभुषासहितको र्‍याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने सङ्घले जनाएको छ ।

दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा सरकारलेआज सार्वजनिक बिदा समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *