आज कृष्ण जन्माष्टमी

पोखरा । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज मनाइँदै छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ । कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको उल्लेख छ ।

हिन्दु धर्मावलम्वीहरुले आज देशभरका कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ ।

‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *