
-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य
मो.नंं. ९८५६०२०५८६
आजको पञ्चाङ्ग
श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर ३० गते मंगलबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर १५ तारिक, प्रतिपदा तिथि, मूल नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा धनु राशीमा छन्, सुर्योदय बिहान ०६ः४८ सुर्यास्त साँझ ०५ः०९ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पूर्व, उत्तम समय बिहान १०ः४५ देखि दिउँसो ०१ः१८ सम्म रहनेछ ।
आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रु बढ्ने खालको समय छ, कामले बिस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम नै देखिन्छ, खर्च गरे अनुसारको प्रतिफल आउने छैन, काममा ढिला सुस्ती भए तापनि शत्रु माथि विजय हुनेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा गडबडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने झमेला बढ्ने छ, अशुभ समाचार प्राप्त होला ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काममा ढिला सुस्ती हुनेछ, सामाजिक कार्यबाट अपजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ,छोराछोरीसँग विवाद राज्यपक्षबाट असहयोग हुने समय छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय उपयुक्त छ, आम्दानीका स्रोत बढ्ने छन्, यात्राको समय छ, काममा जश तथा शुभ समाचार प्राप्त होला ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समय उपयुक्त देखिन्न, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।
