
-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य
मो.नंं. ९८५६०२०५८६
आजको पञ्चाङ्ग
श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २९ गते सोमबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर १४ तारिक, औंसी तिथि, जेष्ठा नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा वृश्चिक राशीमा छन्, सुर्योदय बिहान ०६ः४८ सुर्यास्त साँझ ०५ः०९ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पश्चिम, उत्तम समय दिउँसो ०१ः१७ देखि बेलुका ०५ः१० सम्म रहनेछ ।
आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट केहि लाभ हुनेछ, काममा अवरोध तथा विश्वासिलो पात्रबाट धोका हुने खालको समय छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीका स्रोतहरु बढ्नेछन्, व्यापार व्यवसायमा उचित लाभ हुनेछ, विदेश यात्राको योग देखिन्छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) मानसिक अशान्तिले सताउने, स्वास्थ्यमा समस्या रहन सक्छ, साना घाउ चोट भयको योग देखिन्छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भ्रममा पर्ने खालको समय छ, पढाइ लेखाइमा सामान्य प्रगति हुने, विवाद र झमेलाले अत्याउने छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय प्रतिफल देखिन्छ, आम्दानी भन्दा खर्च, काममा अब्जस, पारिवारिक झमेला र रमाइलोमा मन जानेछ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन, धर्म र भाग्यले साथ दिने समय छ, अधुरा काम बन्नेछन्, नयाँ सोचको उदय तथा व्यपारमा लाभ हुनेछ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानी भन्दा खर्च बढ्ने देखिन्छ, गरेका कार्यमा नोक्सानी, असुभ समाचार प्राप्ती तथा झमेला बढ्नेछ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) गरेका कामबाट उचित प्रतिफल मिल्नेछ, मान सम्मान यसआराम प्रतिष्ठामा वृृद्धि हुनेछ भने पारिवारिक शुख शान्ति मिल्ने देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय त्यति उपयुक्त देखिदैन, दैनिक कार्यमा बाधा, अनावश्यक धन खर्च तथा आँखामा समस्या रहला ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा सुधार तथा शुभ समाचार प्राप्तिले मान हर्षित रहनेछ, दैनिक व्यापार व्यवसायमा सफलता देखिन्छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)अधुरा अपुरा कार्यहरु सरल तरिकाले बन्नेछन् व्यापार व्यवसायमा नगन्य लाभ रहने छ, शुभ यात्राको योग देखिन्छ ।था मिष्ठान भोजनको योग छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोचे जस्तो हुनेछैन, कारोबारमा समस्या रहनेछ , काममा जश नमिल्दा मनमा खिन्नता छाउने छ ।