आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २८ गते आइतबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर १३ तारिक, चतुर्दशी तिथि, अनुराधा नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा वृश्चिक राशीमा छन्, सुर्योदय बिहान ०६ः४७ सुर्यास्त साँझ ०५ः०८ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पश्चिम, उत्तम समय बिहान ०८ः०६ देखि ११ः५९ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय अनुपयुक्त देखिन्छ, अनावश्यक धन खर्च हुनाले खिन्नता बोध होला, कृषि तथा यातायातको साधनमा सावधान रहनु पर्नेछ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शत्रुहरुको हार हुनेछ, उद्योग व्यवसायमा उचित लाभ, आरोग्यता बढ्नेछ, सु समाचारले मन प्रफुल्ल रहला ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) दिन मध्यम देखिन्छ, सामाजिक कार्यमा असफलता, कारोबारमा विचार पु¥याउनुहोला, पठनपाठनमा नगन्य सुधार रहने छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम गर्ने जोश जागर बढ्नेछ, अतिथि पाहुनाको सत्कारले मनका कान्ति छाउला, स्वास्थ्यमा केही सुधार हुने देखिन्छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक सांस्कृतिक कार्यबाट सफलता, दैनिक कार्यमा सुधार भएतापनि विश्वासिलो व्यक्तिबाट धोका ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मान सम्मान प्राप्ति हुनेछ, परिवार जनबाट सहयोग मिल्ने, दैनिक कार्यबाट विशेष उपलब्धी हुनेछ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय उपयुक्त देखिन्छ, कुटनितिक क्षेत्रमा विशेष लाभदायीक, विपरित लिङ्गीबाट सहायेग मिल्नाले मन प्रफुल्ल रहला ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) दैनिक क्रियाकलापमा सफलता, व्यापार व्यवसायिक क्षेत्रबाट लाभ, मुद्दा मामिलाहरु सफल, नयाँ ठाउँको यात्रा हुने देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) इष्टभित्रहरुसँग भेटघाट तथा उपयुक्त सर सल्लाहा प्राप्त हुनेछ, पठनपाठनमा क्रमिक सुधार रहने, इच्छाएको काम बन्ने छ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पठनपाठनमा तथा लेखन कार्यमा रुची बढ्नेछ, शत्रु पराजित हुनाले मनमा शान्ति छाउला, आर्थिक कारोबारमा सुधार हुने ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)दैनिक कारोबारमा सुधार हुनेछ, प्रशासनिक काममा सफलता, मातृसुख प्राप्त तथा मिष्ठान भोजनको योग छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानी भन्दा बढी खर्च, काम गर्नुपूर्व विचार गर्नुहोला, पठनपाठनमा केही सुधार हुनेछ, उद्योगधन्दामा जोस जागर वृद्धि रहला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *