आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २६ गते शुक्रबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर ११ तारिक, एकादशी तिथि, स्वाति नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा तुला राशीमा छन्, सुर्योदय बिहान ०६ः४६ सुर्यास्त साँझ ०५ः०८ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा दक्षिण र पश्चिम, उत्तम समय बिहान ०६ः४७ देखि १०ः४० सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समय उपयुक्त छ, आम्दानीका स्रोत बढ्नेछन्, यात्राको समय छ, काममा जश तथा शुभ समाचार प्राप्त होला ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय उपयुक्त देखिन्न, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ, छोराछोरीसँग विवाद राज्यपक्षबाट असहयोग हुने समय छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काममा ढिला सुस्ती हुनेछ, सामाजिक कार्यबाट अवजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा गडबडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने, झमेला बढ्ने छ, अशुभ समाचार सुन्नुपर्ला ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) आफन्त भनिएका व्यक्तिसँग झमेला, मन चञ्चल अशान्ति, भएता पनि दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शत्रु बढ्ने खालको समय छ, कामले विस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)शुभ यात्राको समय देखिन्छ,खर्च गरे अनुसारको प्रतिफल आउने छैन, दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *